जेनजी आन्दोलन: असोज १ गते शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैं | भदौ ३०, २०८२

जेनजी आन्दोलन: असोज १ गते शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं:   मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।असोज १ गते बुधबार सार्वजनिक बिदा दिएर सरकारले शोक दिवस मनाउने भएको हो । 


मन्त्रिपरिषद् विस्तारपछि सोमबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय गरेको छ।  आन्दोलनमा साहदत प्राप्त गर्नेलाई सहिद घोषणा र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने  निर्णय सरकारले गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो। 


उहाँका अनुसार सरकारले आन्दोलनमा परिवारको सदस्य गुमाउनेलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत पाँच लाख रकम दिने भएको छ। घाइतेको निःशुल्क उपचार गर्ने र शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णयसमेत सरकारले गरेको छ। 


सरकारले आन्दोलनमा भएको जनधनको क्षति, ज्यादती र घुसपैठको सम्बन्धमा अनुसन्धान गर्न जाँचबुझ  आयोग गठन गर्ने भएको छ। सरकारले आयोगको प्रतिवेदनको आधारमा थप काम गर्ने गृहमन्त्री अर्यालको भनाइ छ। 


भदौ २३ र २४ भएको आन्दोलनमा साहदत प्राप्त गर्नेको नाममा जेनजी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय भएको गृहमन्त्री अर्यालले बताउनुभयो।  

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ । १८ सिट रिक्...

थप पढ्नुहोस्

काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ।  बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रति...

थप पढ्नुहोस्